१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


‘स्वाभिमान यात्रा’को मुख्य उद्देश्य ‘राजसंस्था र सनातन हिन्दुराष्ट्र संरक्षण’


0
Shares

झापा, फागुन १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट सुरु गर्ने भएको छ ।

सोमबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै राप्रपाले यही फागुन १५ गतेदेखि सुरु गर्न लागेको स्वाभिमान यात्रा फागुन ३० गतेसम्म सन्चालन हुने जानकारी गराएको छ ।

हिन्दुराष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखन्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, स्वदेशमै पर्याप्त रोजगारीको सिर्जना गर्ने वातावरण बनाउन दबाब दिनेलगायतका उद्देश्यसहित यात्रा सुरु गर्न लागिएको राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले बताए ।

उनले यो अभियानको मुख्य उद्देश्य राजसंस्था र सनातन हिन्दुराष्ट्र संरक्षण भएको बताए ।

यात्रा ताप्लेजुङ, पाँचथर, इलाम, झापासहित तराईका २२ जिल्ला र देशका विभिन्न भाग हुँदै सुदूरपश्चिम प्रदेशको कन्चनपुर पुग्ने बताइएको छ ।

राप्रपाको स्वाभिमान यात्रा कन्चनपुरबाट फर्केर बुटवल हुँदै पाल्पा, स्याङ्जा, कास्की भएर फागुन २९ गते काठमाडौं प्रवेश गर्नेछ ।

राप्रपाले फागुन ३० गते दशरथ रंगशालामा सभा आयोजना गरेर यात्रा समापन गर्ने कार्यतालिका बनाएको छ ।