२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


पाराग्वेमा विपक्षी प्रदर्शनकारीबाट कंग्रेस भवनमा आगजनी


0
Shares

दोस्रो कार्यकालका लागि पनि निर्वाचन लड्न पाउने राष्ट्रपतिको प्रस्तावविरुद्ध प्रदर्शनकारीले व्यवस्थापिकामा धावा बोलेका हुन् । संसदमा दुई घन्टासम्म आगजनी भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिनेक्रममा भएको झडपमा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । प्रस्तावले मुलुकको प्रजातान्त्रिक प्रणालीलाई कमजोर पार्ने विपक्षीको तर्क छ ।

पाराग्वेमा ३५ वर्षको तानाशाही व्यवस्थापछि सन् १९९२ को संविधानले राष्ट्रपतिको कार्यकाल पाँच वर्षकोमात्र हुने सीमा तय गरेको थियो ।

तर, वर्तमान राष्ट्रपति होराक्टियो कार्टेसले भने यो सीमा हटाउँदै दोस्रो कार्यकालका लागि पनि निर्वाचनमा लड्न पाउने गरी कानुन तयार पार्ने प्रयास गरेका छन् ।

संसदमा राष्ट्रपति कार्टेसको पार्टीको बहुमत छ । (एजेन्सी)