
शनिबार भएको सेमिफाइनलमा श्रीलंकाले बंगलादेशको २३ वर्षमुनिको टिमलाई ८ विकेटले हरायो ।
बंगलादेशले तीन बल खेल्न बाँकी छँदै अलआउट हुनुपूर्व १७९ रन बनाएको थियो । श्रीलंकाका असिथा फर्नान्डोले ४ विकेट लिए ।
जवाफमा श्रीलंकाले ३८ ओभर ५ बलमै २ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा गर्यो । सदीरा समराविक्रमाले अविजित रहँदै ८८ तथा चरिथ असलंकाले अविजित रहँदै ८३ रन जोडे ।
शनिबारै पाकिस्तानले सेमिफाइनलमा अफगानिस्तानलाई १२३ रनले हरायो ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा २६७ रन बनाएको थियो ।
जवाफमा समूह चरणमा भारतलाई २ विकेटले हराएर सनसनी मच्याएको अफगानिस्तान ३१ ओभर ४ बलमै १४४ रन बनाएर अलआउट भयो ।
प्रतियोगिताको फाइनल भिडन्त आगामी सोमबार हुनेछ ।
८ टिम सहभागी प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । नेपालले पाकिस्तान र बंगलादेशसँग हार व्यहोर्दा हङकङलाई ७ विकेटले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्