Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


एकै सातामा ७ अर्ब बढीको सेयर कारोबार, नेप्से ५० अंकले बढ्यो


0
Shares

एकै सातामा ७ अर्ब बढीको सेयर कारोबार भयो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब ५४ अंकले बढेर अन्तिम दिन १५ सय ८७ अंकमा पुग्यो ।

यो साता उत्पादनमूलकबाहेक अरु कारोबार भएका सबै समूहमा वृद्धि आएसँगै नेप्से उच्च अंकले बढेको हो ।

बीमा समूह सबैभन्दा उच्च ४ सय २० अंकले बढ्यो । विकास बैंक समूह ६० अंकले बढ्यो भने वाणिज्य बैंक समूहमा पनि ५१ अंकको वृद्धि आयो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५९ कम्पनीहरुको सात अर्ब १९ करोड ८९ लाख रुपैयाँ बराबरका एक करोड ४० लाख कित्ता सेयरहरु खरिद–बिक्री भए ।

कारोबार रकम गत साताकोभन्दा साढे २४ प्रतिशतले बढी हो । गत साता १ सय ५५ कम्पनीहरुको पाँच अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरका एक करोड आठ लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए ।

यो साता कारोबार रकमको आधारमा सानिमा बैंक र कारोबार भएको सेयर संख्या एवं कारोबार संख्याको आधारमा पनि नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहे ।