२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


उम्मेदवार निश्चित नभइ चुनावी प्रचार तिब्र, आकांक्षीहरु घरदैलोमा


0
Shares

निर्वाचन आयोगले उम्मेदवारीको टिकट पाउनु अगाबै कसैले पनि आफनो प्रचार प्रसार नगर्न दलहरुलाई आग्रह गरेपनि आकांक्षीहरु गाउँ गाउँमा भोट माग्न थालेका छन् ।

उम्मेदवारका आंकाक्षी मतदाताको घर दैलो सम्म पुग्ने गरेको स्थानियहरु बताउँछन् । कांग्रेस जिल्लाकार्य समितिले अहिले कसैले आफु उम्मेदवार हँु भनि भोट नमाग्न सुचना जारी गरेको छ ।

पार्टीले वैशाख पहिलो हप्तासम्ममा टिकटको टुङगो लगाउने वताएको छ । त्यस्तै नेकपा एमालेले सबै कार्यकर्तालाई संगठन विस्तारमा लाग्न र व्यक्तिगत रुपमा भोट नमाग्न आग्रह गरेको छ ।

वैशाखको पहिलो साता उम्मेदवारको टुङगो लाग्ने बताएको छ । माओवादी केन्द्रले पनि आफु खुशी उम्मेदवार घोषणा गरी भोटमाग्नेलाई कारवाही गरिने चेतावनी दिएको छ ।

यसका साथै उदयपुरमा संघिय समाजवादी फोरम , राप्रपाले पनि चुनाव प्रसारलाई तिव्रता दिएका छन् ।

उदयपुरमा ४ नगर पालिका र ४ गाउँपालिका रहेको उदपुर जिल्लामा हाल सम्म कुनै पनि पार्टीले उम्मेदवार छनौट गरिसकेका छैनन भने कोही टिकटका लागि दैडधुपमा छन् ।