
मतदाताको संख्या हेरेर एक हजार बढी मतदाता भएको मतदानस्थलमा मतदान केन्द्र थपिनेछ ।
सोहीअनुसार एउटा मतदानस्थलमा क, ख, ग, घ, ङ गरेर केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए ।
‘एउटै मतदानस्थलमा पाँचओटासम्म केन्द्र तय भएका छन्’–उनले भने ।
आयोगले मतदाता संख्या पुनरावलोकन गरिरहेकाले अझै हेरफेर हुनसक्ने ढकालको भनाइ छ । नाम जुधेका र दोहोरिएकाको नाम हटाउने चरणमा निर्वाचन आयोग लागेको छ ।
दोहोरिएको र जुधेको नाम हटाउँदा आइतबार (आज)सम्म जिल्लामा कुल तीन लाख १३ हजार एक मतदाताको नामावली आइपुगेको उनले बताए ।
यसअघि, निर्वाचन कार्यालयले कुल तीन लाख १५ हजार ९३७ मतदाता सार्वजनिक गरेको थियो । जुधेको नाम हटाउँदा अहिले जिल्लामा झन्डै तीन हजार मतदाता घटेका छन् ।
भरतपुर महानगरपालिकामा ६५ ओटा मतदानस्थल, रत्ननगर नगरपालिकामा २१, खैरहनीमा १७, राप्तीमा १८ र कालिका नगरपालिकामा ११ तथा इच्छाकामना गाउँपालिकामा १४ ओटा मतदानस्थल बनाइएको छ ।
यसपटक भरतपुर महानगरपलिकामा पाँच, रत्ननगर नगरपालिकामा एक, खैरहनीमा चार, राप्तीमा चार, कालिकामा एक र इच्छाकामना गाउँपालिकामा पाँचओटा मतदानस्थल थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्