Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


सहकारी संस्थाद्वारा कैदीबन्दीका छोराछोरीलाई शैक्षिक सामग्री हस्तान्तरण


0
Shares

जिल्ला सदरमुकाम दिक्तेलबजारमा रहेका सक्रिय बचत तथा ऋण सहकारी संस्था, लालुपाते बचत तथा ऋण सहकारी संस्था, दिक्तेलबजार बचत तथा ऋण सहकारी र दलित उद्यमी बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

सहकारी संस्थाहरुले कैदीबन्दीका छोराछोरीलाई जेलभित्र शिक्षा प्रदान गर्नका लागि १ लाख ४ हजार २ सय २ रुपौयाँको अक्षयकोषसमेत स्थापना गरिदिएका छन् ।

अक्षयकोषबाट प्राप्त ब्याजबाट एकजना शिक्षक राखिने र बालबालिकाहरुलाई शिक्षा दिलाइने सहकारीले जनाएको छ ।