
गत असोजमा भएको राष्ट्रिय क्लब च्याम्पियनसिपको शीर्ष ८ मा रहेका पुरुष र शीर्ष ६ मा रहेका महिला टिमबीच राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख, तेस्रो हुनेले ५० हजार तथा चौथो स्थान ओगट्ने टिमले २५ हजार रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउने जनाइएको छ ।
टिममा चारजना विदेशी खेलाडीलाईसमेत राख्नसक्ने प्रावधान रहेको नेपाल भलिबल संघले जनाएको छ ।
यसैबीच, प्रतियोगितालाई राष्ट्रिय वाणिज्य बैंकले दुई वर्षका लागि प्रायोजन गर्ने भएको छ ।
मुख्य प्रायोजनाबापत बैंकले वार्षिक १० लाख रुपैयाँ दिनेछ ।
प्रतिक्रिया दिनुहोस्