
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार सो निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार ४८२ मतदाता कायम भएका छन् ।
वि.सं. २०७३ फागुन ९ गते १८ वर्ष उमेर पुगेका र निर्वाचन कार्यालयमा नाम दर्ता गराएका व्यक्तिलाई निर्वाचन आयोगले मतदाताकारुपमा मान्यता प्रदान गरेको छ ।
आयोगकाअनुसार कुल मतदातामध्ये पुरुषको संख्या ७० लाख ६९ हजार ७१४ र महिला मतदाताको संख्या ६९ लाख ८४ हजार ६२५ रहेको छ । त्यस्तै, १४३ जना तेस्रोलिंगी मतदाता संख्या कायम रहेको आयोगले जनाएको छ ।
आयोगकाअनुसार सबैभन्दा बढी मतदाता मोरङमा पाँच लाख ६३ हजार ८७० रहेका छन् भने मनाङमा सबैभन्दा थोरै पाँच हजार ९५ मात्र मतदाता कायम रहेका छन् ।
आयोगकाअनुसार मतदाता नामावली स्वीकृति भएसँगै नामावलीको छपाइकार्य आइतबारैदेखि सुरु हुनेछ ।
आयोगले मतदाताको सूची केहीदिनभित्रै आफ्नो वेबसाइटमा राख्ने जनाएको छ ।
मतदाताको नामावली आगामी वैशाख १० गतेभित्रै सबै जिल्लामा पुर्याइसक्ने जनाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्