Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


ग्रानाडामाथि बार्सिलोनाको जित, रियाल मड्रिडले आलाभेजलाई हरायो


0
Shares

लिग तालिकाको शिर्ष स्थानमा रहेको रियाल मड्रिडले आलाभेजलाई ३-० ले हरायो । रियालका लागि करिज मेन्जमा, इस्को र नाचो फर्नान्डेजले एक एक गोल गरे ।

ला लिगा अन्तर्गतकै अर्को खेलमा बार्सिलोनाले ग्रानाडालाई ४-१ ले हराएको छ । खेलमा बार्सालाई विजयी गराउन सुवारेज, अल्कासेर, राकिटिच र नेईमारले एक एक गोल गरे ।

घरेलु टोली ग्रानाडाका जेरेमी बोवाले एक गोल फर्काएका थिए । ला लिगा अन्तर्गत राती भएका अन्य खेलहरुमा भ्यालेन्सियाले डोपोर्टीभो लाकोरुनालाई ३-० ले हराउँदा सेभिया र स्पोर्टीङ गियोनले गोलरहित बराबरी खेलेका छन् ।

स्पेसिन लिगमा २८ खेलबाट ६८ अंकसहित रियाल मड्रिड शीर्ष स्थानमा रहँदा एक खेल बढी खेलेको बार्सा ६६ अंकसहित दोस्रो स्थानमा छ । ५८ अंक जोडेको मालागा तेस्रो स्थानमा रहेको छ ।