२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


उत्तर कोरियाको परमाणु कार्यक्रमको समाधान अमेरिकाले नै समाधान गर्छः ट्रम्प


0
Shares

ब्रिटिस पत्रिका द फिनान्सिएल टाइम्ससँगको कुराकानीमा उनले चीनले साथ नदिए पनि अमेरिकाले नै उत्तर कोरियाको परमाणु कार्यक्रमको समाधान खोज्ने बताएका हुन् ।

चीनले साथ नदिएको अवस्थामा आफु एक्लै पनि उत्तर कोरियाले सृजना गरेको परमाणु खतरालाई रोक्न सफल हुने उनको दाबी थियो ।

चीन उत्तर कोरियाको निकै नजिकको मित्र भएको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको परमाणु कार्यक्रमले सृजना गरेको खतराको समाधान खोज्नु चीनको पनि दायित्व भएको उल्लेख गरेका छन् । (एजेन्सी)