Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


रोजर फेडेररलाई यस वर्षको मायामी ओपन टेनिसको उपाधि


0
Shares

अमेरिकाको मायामीमा भएको फाइनल खेलमा स्पेनीस प्रतिद्वन्द्वी रफाईल नडाललाई हराउँदै फेडेररले सिजनको तेस्रो उपाधि उचालेका हुन् ।

विश्व नम्बर ६ रोजर फेडेररले सातौं बरियताका नाडाललाई ६-३ र ६-४ को सेटमा हराए ।

मायामी ओपनको फाइनल खेल विश्व टेसिनका दुई सर्वकालिन खेलाडी फेडेरर र नाडालबीचको ३७ औं भेट थियो ।

फेडेररले गएको जनवरीमा भएको अस्ट्रेलियन ओपनमा नाडाललाई हराएर उपाधि जितेका थिए ।

मायामी ओपनको उपाधि तेश्रोपटक जितेका फेडेररले अब फ्रेन्च ओपनको लागि मात्रै टेसिन कोर्टमा फर्कने बताएका छन् ।

३५ वर्षे फेडेरर मायामी ओपनको उपाधि जित्ने सबैभन्दा पाका खेलाडी पनि भएका छन् ।