Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


आर्सनल २–२ म्यान सिटी, खेल बराबरी


0
Shares

आर्सनलको मैदानमा आइतबार राति भएको खेलमा पाहुना टोली म्यान सिटीका लेरोए सानेले पहिलो गोल गरे । तर, यसपछि आर्सनलका थियो वाल्कोटले एक गोल फर्काउँदै खेल बराबरी गरे ।

४२ औं मिनेटमा सर्जियो अगुएरोले एक गोल थप्दै म्यान सिटीलाई खेलमा दोस्रोपटक अग्रता दिलाए । तर, दोस्रो हाफको सुरुमै आर्सनलका खोद्रान मुस्ताफीले एक गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको हो ।

प्रिमियर लिगअन्तर्गत् आइतबारै राति भएको अर्को खेलमा स्वान्सी सिटी र मिडिल्सब्रोले गोलरहित बराबरी खेलेका छन् ।

यी खेलहरुपछि प्रिमियर लिगको अंकतालिकामा २९ खेलबाट ६९ अंक जोडेको चेल्सी शीर्ष स्थानमा कायमै छ ।

समान खेलबाट ६२ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा रहँदा एक खेल बढी खेलेको लिभरपुल ५९ अंकका साथ तेस्रो स्थानमा छ ।

त्यस्तै, ५८ अंकको म्यानचेस्टर सिटी चौंथो र ५३ अंकको म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा छन् ।