
पत्रिकाहरुले आफ्ना सहकर्मीमाथि बढ्दो हिंसा र कारबाही गरिएका कारण बाध्यतावश प्रकाशन बन्द गरेको जनाएका छन् ।
गत महिना ‘नोर्टे डी सियुडाड जारेज’ पत्रिकाका एक पत्रकार मिरास्लाव ब्रीचको गोली हानी हत्या गरिएको थियो । मार्चमा अरु दुईजना पत्रकारको पनि हत्या भएको थियो ।
ब्रीचले संगठित अपराध र राजनीतिज्ञबीचको सम्बन्धमा गहिरो रिपोर्टिङ गरेका थिए । उनीमाथि आफ्नै निवासबाहिर आठ गोली हानिएको थियो ।
मेक्सिकोमा सन् १९९२ यता ३५ पत्रकारको हत्या भएको छ ।
मारिनेमा एक चौथाइ पत्रकारहरुमाथि विभिन्न किसिमका यातना दिइएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्