२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


पुटिनको भ्रमणकैबेला रुसको मेट्रो स्टेसनमा विस्फोट, कम्तीमा १० जनाको मृत्यु


0
Shares

सेन्ट पिटर्सबर्गको मेट्रोरेलमा विस्फोट भएको रुसी अधिकारीहरुले बताएका छन् । विस्फोटमा दर्जनौं घाइते भएका छन् ।

विस्फोटलगत्तै मेट्रो स्टेसन खाली गराइएको छ । जसका कारण सयौं यात्री अलपत्र परेका छन् ।

विस्फोट कसले वा के कारणले भएको हो भन्ने खुलेको छैन ।

रुसी राष्ट्रपति भ्लादिमीर पुटिन सेन्टपिटर्सबर्ग भ्रमणमा रहेकैबेला यो विस्फोट भएको छ । (एजेन्सी)