Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


सेयर बजार तीव्र उतार–चढावबीच ऋणात्मक, कारोबार अढाई अर्ब नाघ्यो


0
Shares

कारोबार सुरु भएदेखि तीव्ररुपमा उकालो लागेर दुईपटक ‘सर्किट ब्रेक’ लाग्दै १७ सय ४४ पुगिसकेको नेप्से केही समयमै शिथिल हुँदै कारोबार थामिँदा ६ अंक बढीले ऋणात्मक रही १६ सय ६० मा आएर थामियो । कारोबार पनि अढाई अर्ब नाघ्यो ।

बीमा र व्यापारबाहेक अरु समूहबाहेक अरु समूह ऋणात्मक रहे । होटल समूह सबैभन्दा उच्च ३५ अंकले झर्‍यो । जलविद्युत् समूह २९ अंकले ओरालो लाग्यो ।

विकास बैंक समूहमा दोहोरो अंकले गिरावट आउँदा अरु समूह भने सामान्य अंकले ऋणात्मक रहन पुगेका हुन् । बीमा समूह भने ६५ अंकले उकालो लाग्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४४ कम्पनीको ४३ लाख ३२ हजार कित्ता सेयर २ अर्ब ५४ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।