अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले कमी आएर तोलाको ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य आइतबार तोलामा ४ सय रुपैयाँले उकालो लागेर तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ८ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १२ सय ४८ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्