Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


संरक्षण हुन नसक्दा रुद्र ताल सुक्न थाल्यो


0
Shares

पानीले भरिएर रहने दह पछिल्ला वर्षमा भने क्रमसः सुक्दै जान थालेको हो ।

दमेक, दुदिलाभाटी र लेखानीको संगमस्थलमा रहेको दह संरक्षणका लागि पञ्चवर्षीय गुरुयोजना बनाइए पनि उचित ढंगले काम हुन नसक्दा दह सुक्न थालेको हो ।

बाग्लुङको अग्लो स्थानमा रहेको गाजादह संरक्षण तथा सामुदायिक विकास केन्द्रले पञ्चवर्षीय गुरुयोजना बनाएपनि भौतिक पूर्वाधार नहुँदा पर्यटक प्रवद्र्धन हुन सकेको छैन ।

पर्यटन विकासका लागि प्रचूर सम्भावना बोकेको यस स्थानको विकासका लागि होमस्टेको व्यवस्था गरिएपनि वाह्य पर्यटक पुग्न सकेका छैनन् ।

ऐतिहासिक महत्वको रुद्र ताल विकासका लागि वर्षेनी वजेट विनियोजन गरिएपनि स्थानीयको ब्यस्तताले काम हुन नसकेको सांसद प्रकाश पौडेलको भनाइ छ ।