Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


आजदेखि मुलुकभर ‘यूरो-४’ पेट्रोल विक्री सुरु


0
Shares

यसअघि सोमबार काठमाडौं उपत्यकामा यो तेल बेचिएको थियो । निगमले आजदेखि चितवन, नेपालगञ्ज, विराटनर, धनगढी, भैरहवा लगायतका मुख्य शहरमा पनि सोही गुणस्तरको पेट्रोल बिक्री थालेको हो ।

यसअघि नेपालमा यूरो थ्री गुणस्तरको पेट्रोल बिक्री भईरहेको थियो । नयाँ मापदण्डको पेट्रोलले सवारी साधनको इन्जिनलाई पूर्ण क्षमतामा राख्ने, धुवाँ कम गर्न सहयोगी हुने र न्यून प्रदुषण हुने मानिन्छ ।

विकसित मुलुकमा प्रयोग हुँदै आएको सो मापदण्डको पेट्रोल नेपालमा भने ढिलो गरी मात्रै आयात गरिएको हो । मुलुकमा दैनिक १० लाख लिटर हाराहारीमा पेट्रोल खपत हुँदै आएको छ ।