
इमेज च्यानलमा प्रशारण हुने ‘इमेज संवाद’सँग कुरा गर्दै उनले मधेसी दलहरु वैशाख ३१ कै निर्वाचनमा भाग लिन आउने विश्वास व्यक्त गरे ।
उनले आम जनता, दल र आयोगसमेतले सबै तयारी गरिसकेकाले उक्त मितिबाट पछि फर्कन नसकिने प्रष्ट गरे ।
चुनावका लागि स्थानीय तहमा मधेशी दलहरुले तयारी पनि सँगै गरिरहेको भन्दै उनले कठीन देखिएका केही क्षेत्रमा मात्रै राजनीतिक सहमतिमा दोस्रो चरणमा गर्न सकिने पनि बताए ।
प्रमुख आयुक्त यादवसँग गरिएको अन्तरवार्ता आजै बेलुकी ८ः३० बजे प्रशारण हुने इमेज संवादमा हेर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्