समितिले मंगलबार मन्त्रालय र आयोजनाका पदाधिकारीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।
साथै, आयोजनाको प्रगति विवरण प्रत्येक महिना समितिमा पेस गर्न पनि सचेत गराइएको छ ।
समितिले अहिलेसम्मको कामको वित्तीय व्यवस्थापनसम्बन्धी सम्पूर्ण विवरण एक हप्ताभित्र समितिमा पेस गर्न पनि आयोजनालाई निर्देशन दिएको छ ।
त्यसैगरी, उपत्यकामा पाइप विस्तारको काम छिटो सक्न र खनिएका सडकको मर्मतमा ध्यान दिन पनि समितिले निर्देशन दिएको छ ।
बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले मेलम्ची आयोजनाको काम दसैंभित्र सक्ने प्रतिबद्धता जनाएका थिए ।
त्यसैगरी, आयोजनाका प्रमुख इन्जिनियर घनश्याम भट्टराईले सुरुङको काम ४ किलोमिटरमात्रै बाँकी रहेको बताए ।
आयोजनाले जेठभित्र पाइप विस्तारको काम सम्पन्न हुने दाबी पनि गरेको छ ।









प्रतिक्रिया दिनुहोस्