भक्तपुरमा मंगलबारदेखि सन्चालन भएको १२ दिने औद्योगिक, सांस्कृतिक तथा व्यापार मेलाको उद्घाटन गर्दै उनले ‘राजनीतिक स्थिरता र दिगो विकासका लागि औद्योगिक क्षेत्रको विकास अपरिहार्य छ’–भने ।
उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा औद्योगिक तथा व्यापार मेला सन्चालन गरिएको हो ।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले भक्तपुरको सल्लाघारीमा आयोजना गरेको मेलामा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानलगायतका २२५ स्टल रहेको संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।
मेलामा बिक्री गरिने सामानहरुमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् ।
मेलामा राष्ट्रियस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुतिका साथै हास्यव्यंग्य प्रस्तुति रहने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्