Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


सुनको भाउ ४ सयले उकालो लाग्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य सोमबार तोलामा १ सय रुपैयाँले कमी आएर तोलाको ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले उकालो लागेर तोलाको ८ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १२ सय ६२ डलर हाराहारीमा कारोबार भएको थियो ।