Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


भूकम्पले ध्वस्त भएको ऐतिहासिक रसुवागढीको पुनर्निर्माण धमाधम


0
Shares

सरकारले ऐतिहासिक संरचना पुनर्निर्माणको काम अगाडी बढाउन निर्देशन दिएपछि पुरातत्व विभागले ऐतिहासिक रसुवागढीको पुनर्निर्माणको काम अगाडी बढाएको हो ।

नेपालको दश वटा ऐतिहासिक गढीभित्र रहेको रसुवागढी संरक्षण नहुँदा अस्तित्व नै खतरामा पर्दै गएकाले पुरानो संरचना अनुसारै बनाउन लागिएको विभागको भनाई छ ।

नेपाल र चीनको सिमानास्थित ठूला ठूला चट्टान कुँदेर बनाइएको गढीमा निशाना लगाउन स-सना ४७ वटा प्वाल थिए । जुन भूकम्पका कारण ध्वस्त बनेको थियो ।

६० फिट लम्बाइ ६ फिट अग्लो पर्खाल रहेको यो गढीको सेन्ट्री प्वाइन्टहरु पनि ध्वस्त बनेका थिए ।

विसं १९१२ मा तत्कालीन राजा रणबहादुर शाहको समयमा बहादुर शाहको नायबीमा नेपाल-तिब्बत युद्ध हुँदा रसुवागढी निर्माण गरिएको थियो ।

लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्ने गढी अध्ययन अबलोकन गर्न हजारौं पर्यटक पुग्ने गरेका छन् ।