Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


कांग्रेसको चुनावी घोषणापत्रमा के हुन्छ ? (भिडियो रिपोर्ट)


0
Shares

सत्तारुढ दल नेपाली कांग्रेसले भने स्थानीय विकास निर्माणका कुरालाई नै प्राथमिकतामा राखेर आफ्नो चुनावी घोषणापत्र तयार गर्ने भएको छ ।

कांग्रेस शीर्ष नेतृत्वले स्थानीय विकास निर्माण, स्थानीय संस्कृतिको संरक्षण तथा प्रबद्र्धन, स्थानीय तहमा पर्यटन प्रबद्र्धन, गाउँपालिका तहमा कम्तीमा एउटा भएपनि वृद्धाश्रम निर्माणजस्ता विषय प्राथमिकतामा राखेर चुनावी घोषणापत्र तयारपार्ने जनाएका हुन् ।

बुधबार पार्टी समर्थित विभिन्न पेसागत संघ–संस्थासँग घोषणपत्र निर्माणकाबारेमा गरेको छलफलमा नेताहरुले यससम्बन्धी जानकारी दिएका हुन् ।

विभिन्न पेसा–व्यवसायका कांग्रेसनिकट बुद्धीजीवीले भने पार्टीले थुप्रै राम्रा काम गरे पनि प्रचार गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका थिए ।

उनीहरुले राजनीति गर्ने कार्यकर्ता नै सबैथोक हुन् भन्ने मान्यता त्यागेर विषय विज्ञहरुसँग बसेर योजना बनाउन र त्यसको कार्यान्वयनमा लाग्न नेतृत्वलाई सुझाए ।

पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताको उपस्थितिमा भएको कार्यक्रममा उनीहरुले स्थानीय आवश्यकताअनुसार चुनावी मुद्दा स्थापित हुने भएकाले उम्मेदवार चयन गर्ने स्वतन्त्रता स्थानीय नेतृत्वलाई नै दिनुपर्ने सुझाव दिए ।

उनीहरुले हाम्राभन्दा राम्रा उम्म्मेदवारलाई उठाउन जोड दिँदै युवालक्षित योजनाहरु बनाउन आग्रह गरे ।

कतिपयले गाउँपालिका सय रोजगारी, गाउँपालिका एक शीत भन्डारजस्ता कार्यक्रम केन्द्रबाट सन्चालन गर्न र बाँकी विषय स्थानीय तहमै छानेर घोषणापत्र बनाउन सुझाव दिए ।

कांग्रेसले चैतभित्रै घोषणापत्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।