Logo १३ कार्तिक २०८२, बिहिबार | Fri Oct 31 2025


मकवानपुरमा मतदाता शिक्षासम्बन्धी प्रशिक्षक प्रशिक्षण


0
Shares

निर्वाचन कार्यालयले बुधबारदेखि मतदाताहरुको घर–घरमा पुगी मतदाता शिक्षा प्रदान गर्ने उद्देश्यले प्रशिक्षक प्रशिक्षण सुरु गरेको हो ।

मतदान प्रक्रियाबारे सुसूचित गरी बदर मतको प्रतिशत न्यून गर्न तथा मतदानमा अधिकांश जनतालाई सहभागी गराउन बुधबारदेखि हेटौंडामा दुईदिने मतदाता शिक्षासम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु भएको हो ।

मकवानपुरमा एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिकामा गरी २ लाख २७ हजार ६३४ मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।