
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै फाइनलमा ठाउँ बनाएको हो ।
आर्मीको जितमा टंक बस्नेत र सन्तोष तामाङले १–१ गोल गरे ।
खेलमा आर्मीकै विमल पाण्डे ‘म्यान अफ द म्याच’ घोषित भए ।
बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा झापा–११ र सशस्त्र प्रहरी भिड्नेछन् ।
झापा–११ माइभ्याली गोल्डकप फुटबलको साविक विजेता हो भने सशस्त्र प्रहरी साविक उपविजेता टोली हो ।
प्रतिक्रिया दिनुहोस्