Logo १३ कार्तिक २०८२, बिहिबार | Fri Oct 31 2025


मन्त्रीले निजी सवारी–साधनमा चढेरमात्रै दलको कार्यक्रममा जान पाउने


0
Shares

आयोगको बुधबार बसेको बैठकले सरकारका मन्त्रीले राजनीतिक दलले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदा सरकारी सवारी–साधनको प्रयोग गर्न नपाइने नीतिगत निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

यसअघि, आयोगले मन्त्रीलाई जिल्ला सदरमुकामसम्ममात्र जान पाउने व्यवस्था गरेकामा पछिल्लो निर्णयले त्यसलाई केही हदसम्म खुकुलो र सहज तुल्याएको छ ।

बैठकले सरकारका मन्त्रीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेपछि कुनैपनि राजनीतिक कार्यक्रममा भाग लिन नपाउने गरी अर्काे नीतिगत निर्णय पनि गरेको छ ।

निर्वाचनमा भाग लिने उम्मेदवारले आगामी वैशाख १६ गते उम्मेदारी दिने तथा आयोगले उम्मेदवारलाई वैशाख १९ गते निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यसले आचारसंहिता पालना थप प्रभावकारी हुने आयोगले विश्वास लिएको छ । रासस