
अघिल्लो खेलमा क्रिष्टल प्यालेससँग पराजित चेल्सीले गएराति म्यान्चेस्टर सिटीलाई २–१ ले हराएको हो । खेलमा चेल्सीलाई विजयी गराउन दुबै गोल एडिन हाजार्डले गरे । सिटीका सर्जियो गुएरोले एक गोल फर्काए ।
प्रिमियर लिग अन्तर्गत गएराति भएको अर्को खेलमा आर्सनलले वेष्ट ह्याम युनाईटेडलाई ३–० ले हरायो । आर्सनलका लागि मेसुत ओजिल, थियो वाल्कोट र ओलिभर जिरुले एक–एक गोल गरे ।
यसैगरी टोटनह्याम हट्सपरले स्वान्सी सिटीलाई ३–१ ले हराँउदा लिभरपुल र बर्नमाउथले २–२ गोलको बराबरी खेलेका छन् ।
गएराति हल सिटीले मिडिल्सब्रोलाई ४–२ ले हराँउदा साउथ ह्याम्पटनले क्रिष्टल प्यालेसलाई ३–१ ले पराजित गर्यो ।
गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा ३० खेलबाट ७२ अंक जोडेको चेल्सी शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ६५ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ भने एक खेल बढी खेलेको लिभरपुल ६० अंकको साथ तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्