२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


वन्यजन्तुबाट पीडित सुदूरपश्चिमका पाँच जिल्लाका बासिन्दाले राहत रकम पाउने


0
Shares

कञ्चनपुर, फागुन १२ । वन्यजन्तुबाट पीडित कञ्चनपुर, कैलालीलगायत सुदूरपश्चिमका पाँच जिल्लाका बासिन्दाले राहत रकम पाउने भएका छन् ।

दुई वर्षदेखि राहत तथा क्षतिपूर्ति पाउन नसकेका उनीहरुले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका संशोधन भएसँगै सो रकम पाउने भएका हुन् ।

वन निर्देशनालय हटेको अवस्थामा डिभिजन वन र निकुञ्जमा भएका फाइलका आधारमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमार्फत् राहत वितरण गरिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौडेलले बताए ।

पौडेलका अनुसार डिभिजन वन कार्यालय कञ्चनपुर, पहलमानपुर, कैलाली, बैतडी, अछाम, डडेल्धुरा र शुक्लाफाँटा निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुले गरेको क्षतिको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले राहत वितरण गर्नुपर्नेछ । क्षतिको प्रकृति हेरर प्राथमिकताका आधार राहत वितरण गरिने बताइएको छ ।