Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


फुटबलमा भुटानले नेपाललाई उछिन्यो, सार्कमा भारत सबैभन्दा अगाडी


0
Shares

फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा तेह्र स्थान उक्लिएर भुटान १६४औँ स्थानमा पुगेको छ । नेपालल भने १७०औँ स्थानमा यथावत रहेको छ ।

सार्क राष्ट्रमा भारत सबैभन्दा अगाडी छ । भारत ३१औँ स्थान माथि उक्लिएर १०१औँ स्थानमा पुगेको छ ।

त्यस्तै माल्दिभ्स ११ स्थान तल झर्दै १५१औं स्थानमा छ भने अफगानिस्तान तीन स्थान माथि उक्लिएर १५३औँ स्थानमा रहेको छ । बङ्गलादेश १९३, श्रीलङ्का १९७ तथा पाकिस्तान २०१औँ स्थानमा छ ।

ब्राजिल सात वर्षपछि विश्व वरीयताको शीर्ष स्थानमा उक्लेको छ । त्यस्तै अर्जेन्टिना दोस्रो तथा जर्मनी तेस्रो स्थानमा रहेको छ । रासस