
सिन्धुली, असार २१ । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा निर्माण सम्पन्न भएको जिल्ला नापी कार्यालय भवनको उद्घाटन गरिएको छ ।
नापी विभागका महानिर्देक गणेशप्रसाद भट्टले नापी कार्यालयको प्रवेशद्वारको सिलालेख अनावरण तथा स्थानीयलाई गाउँ ब्लकको जग्गाधनी प्रमाणपूर्जा वितरण गरी भवनको उद्घाटन गरेका हुन ।
१ करोड ९७ लाख रुपैयाँको लागतमा शृङ्गेश्वर वाईवा एन्ड लामा जेभी कम्पनीले निर्माण गरेको सो भवनमा नापी कार्यालयको दैनिक कामकाज संचालन गर्न सहज भएको छ ।
यसअघि आफ्नै कार्यालय भवनको अभावमा जिल्ला नापी कार्यालयलाई जग्गाको कित्ताकाट, नक्सा तयारलगायत दैनिक कार्यालय संचालन गर्न समस्या हुँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्