Logo २ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026


शेयर बजार ऋणात्मक, अधिकांस समूह ओरालो लागे


0
Shares

उतार चढावबीच बजार परिसूचक नेप्से करिब ६ अंकले ऋणात्मक रहेर १६ सय ५१ मा आएर थामियो ।

बीमा बाहेक अरु अधिकांश जसो समूह ओरालो लागे । होटल समूह सबैभन्दा उच्च ५१ अंकले झर्यो । जलविद्युत समूहमा २० अंकको गिरावट आयो ।

विकास बैंक समूहमा पनि १५ अंकको कमी आयो । वाणिज्य बैंक र वित्त समूह सामान्य अंकले ऋणात्मक रहे । बीमा समूह भने १५ अंकले सकारात्मक रह्यो ।

उत्पादनमूलक र अन्य समूह भने स्थीर रहे । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४३ कम्पनीको २३ लाख ३७ हजार कित्ता शेयर १ अर्ब ४१ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।