Logo २ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026


सिमेन्टमा गरिएको मूल्यबृद्धि फिर्ता लिन उद्योग मन्त्रीको आग्रह


0
Shares

संघले हालै सिमेन्टमा प्रति वोरा २० देखी २५ रुपैंया सम्म मूल्य बृद्धि गरेको सार्वजनिक भएपछि मन्त्री जोशीले नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापालाई विहीवार उद्योग मन्त्रालयमा बोलाएर मूल्य वृद्धिको निर्णय पुनर्विचार गर्न आग्रह गर्नुभएको जनाइएको छ ।

संघका अध्यक्ष थापाले सिमेन्ट उत्पादनका लागी प्रयोग गरिने कच्चा पदार्थ क्लिङ्गरको मूल्य वृद्धि भएका कारण मूल्य बढेको भन्दै उत्पादकहरुसँग छलफल गरी पुनः छलफलमा बस्ने बताउनुभएको मन्त्रालयले जनाएको छ ।