Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


रोमाञ्चक खेलमा पुनेद्वारा मुम्बई इन्डियन्स पराजित


0
Shares

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनायो । मुम्बईका लागि जोस बट्लरले सर्वाधिक ३८ रन जोड्दा नितिश रानाले ३४ रन बनाए ।

जवाफमा १ सय ८५ रनको लक्ष्य पाएको पुनेले १ बल बाँकी छँदा ३ विकेट गुमाएर विजय लक्ष्य पार ग¥यो । जितका लागि अन्तिम ३ बलमा १० रन आवश्यक रहेको बेला कप्तान स्टेभेन स्मिथले लगातार दुई छक्का प्रहार गर्दै पुनेलाई जिताए ।

स्मिथले ५४ बलमा ३ छक्का र ७ चौका सहित अविजित ८४ रन बनाए । यस्तै सुरुवाती व्याट्सम्यान अजिन्क्या रहानेले ३४ बलमा ६० रनको योगदान दिए ।

आईपिएल क्रिकेटमा आज गुजरात लायन्स र कोलकाता नाईट राईडर्स भिड्नेछन् ।