२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच डिनर मिटिङ, दुबै नेताद्वारा प्रफुल्ल मुद्रामा छलफल


0
Shares

अमेरिका भ्रमणमा रहेका समकक्षी सि जिनपिङको स्वागतमा आयोजित डिनर मिटिङमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई नेताबीच मित्रता अभिबृद्धिका लागि सबैखाले प्रयास गरिने बताए ।

फ्लोरिडास्थित आफ्नै रिसोर्टमा डिनर मिटिङ राखेका राष्ट्रपति ट्रम्पले यस शिखर भेटवार्ताबाट उत्तर कोरियामामलामा चिनियाँ समकक्षीको समर्थन पाउने अपेक्षा गरेका छन् ।

यसैगरी चिनियाँ राष्ट्रपति सि ले भने ताइवान मामलामा अमेरिकी सकमक्षीबाट त्यस्तै बचनको आशा गरेको जनाइएको छ ।

उत्तर कोरियाको लगातारको मिसायल परीक्षणबाट चिन्तित अमेरिका आफ्ना निकट मित्रहरुको हित रक्षाका लागि चीनको समर्थन खोजिरहेको छ भने एक चीन नीतिबाट अमेरिका टाढा नजाओस् भन्ने चीन चाहन्छ ।

चुनावी प्रचारका क्रममा चीनप्रति निकै तीखो आलोचना गरेका ट्रम्पका लागि भेटवार्तालाई परिणाममुखी बनाउन निकै कठीन रहेको पनि बताइएको छ ।

आ–आफ्ना श्रीमतीहरुसहित डिनर मिटिङमा नेताहरु निकै प्रफुल्ल मुद्रामा देखिएको पनि समाचार संस्थाहरुले जनाएका छन् । उता केही विरोधीले भने राष्ट्रपति सिको भ्रमणका क्रममा आफ्ना मुद्दाहरुमा ध्यानाकर्षण गराउन सडक प्रदर्शनसमेत गरेका छन् । (एजेन्सी)