धनकुटा नगरपालिकाले नगरभित्रका हिले–भिरगाँउ–बिहिवारे, कागते–मार्गा–थानीलगायत सडक खण्डको १८ किलोमिटर सडक स्तरोन्नतिका लागि उक्त रकम खर्चने जनाएको छ ।
यी सडकमा चालु आर्थिक वर्षमै सडक ६ मिटर चौडा बढाइने, नाली निर्माण, ग्राभेलिङ्ग जस्ता कार्य गरिने धनकुटा नगरपालिकाका कार्यकारी प्रमुख तीर्थप्रसाद धितालले जानकारी दिए । हाल धनकुटा नगरपालिकामा रहेको दुई सय किलोमिटर सडकमध्ये बढी प्रयोग हुने सडकलाई प्राथमिकता दिएर स्तारोन्नती गरिने नगरपालिकाका ईन्जिनियर मिङ्मा शेर्पाको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्