Logo २ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026


सुनसरीका कृषक केरा खेतीबाट पलायन हुने अवस्था


0
Shares

खुल्ला सिमानाको फाइदा उठाउँदै तस्करहरुले रातारात भारतीय केरा नेपाल भित्र्याएकाले सुनसरीमा उत्पादित केराले उचित मोल नपाएको कृषकको गुनासो छ ।

सरकारले किसानलाई न्यूनतम सेवा सुविधा समेत नदिँदा पेशाबाटै पलायन हुने अवस्था भएको उनीहरुको गुनासो छ । अवैध रुपमा नेपाल भित्र्याइने केरा नियन्त्रण नगरे नेपाली किसानको केरा खेतमै कुहिने उनीहरुको भनाइ छ ।

सुनसरीमा एक हजार भन्दा बढी हेक्टर जमिनमा किसानले केरा खेती गर्दै आएका छन् । गत पाँच वर्ष यता सुनसरीमा वर्षेनी ५ देखि १० प्रतिशत केराको उत्पादन बढ्दै आएपनि मूल्य भने निरन्तर ओरालो लागेको किसानको दुःखेसो छ ।