Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


सेनाबाट सेवानिवृत्त भएपछि गाउँमै सामूहिक रुपमा गाई पालन


0
Shares

भारतीय सेनाका गणेशबहादुर खड्का र लोकबहादुर खड्का तथा नेपाली सेनाका सेवानिवृत बमबहादुर खड्काले सामूहिक रुपमा करीब ५० लाखको लागतमा व्यावसायिक पशुपालन शुरु गरेका हुन् ।

उनीहरुले ९ वटा गाई खरिद गरी व्यवसाय थालेका हुन् । मासिक ६० देखि ७० हजार आम्दानी गर्ने लक्ष्य रहेको उनीहरुको भनाइ छ ।

पशुपालनका अलवा उनीहरुले काउली, बन्दा, आलु जस्ता अर्गानिक तरकारी खेती गरिरहेका छन् । आगामी दिनमा पशुपालन व्यवसाय विस्तार गरी फर्ममा एक सयभन्दा बढी गाई पुर्‍याउने योजना रहेको बमबहादुर खड्का बताउँछन् ।

पशुपालन व्यवसायबाट मनग्गे आम्दानी हुने भएपछि बाग्लुङमा पछिल्लो समयमा व्यवसायिक गाई पालन फस्टाउँदै गएको छ ।