Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


चैत २९ देखि धनकुटामा छथर महोत्सव हुने


0
Shares

धनकुटा र तेह्रथुम जिल्लामा रहेको लिम्बु जातिको विभिन्न ८ थलोलाई सांस्कृतिक पर्यटन गन्तब्यका रुपमा बिकास गर्न उक्त महोत्सव हुन लागेको हो ।

छथर समाज धरानको आयोजनामा चैत २९, ३० र ३१ गते हुने महोत्सव तेह्रथुमको ताक्लुङ्ग र पन्चकन्यापछि यस बर्ष धनकुटाको साविक परेवादिनको ताम्लिङ्गमा हुन लागेको हो ।

महोत्सवमा सो क्षेत्रमा रहेका लिम्बु जातिको कला संस्कृति र थलो मूख्य आकर्षकका रुपमा रहने छन् । महोत्सव गर्न विदेशमा रहेका छथरेहरुले करीब १२ लाख रुपैयाँ सहयोग गरेका छन् ।