उनीहरुले कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने विषय स्वीकार्य नहुने चेतावनी समेत दिएका छन् ।
स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र तयार पार्न बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठकमा नेताहरुले यस्तो सुझाव राखेका हुन् । शुक्रबार बिहान नयाँ बानेश्वरमा बसेको बैठकमा अधिकांश नेताहरुले एकै चरणमा निर्वाचन गर्ने गरी मधेशी मोर्चालाई सहमतिमा ल्याउन समेत शीर्ष नेतृत्वलाई सुझाव दिएका थिए ।
बैठकमा सहभागी नेताहरुले स्थानीय आवश्यकता र विकास निर्माणलाई मुख्य प्राथमिकतामा राखेर घोषणापत्र जारी गर्न पनि सुझाव दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्