फाइल फोटो
उनीहरुले सप्तरीमा हात्तीको आक्रमणबाट नागरिकको ज्यान गएको तर सरकारी निकायले ध्यान नदिएको भन्दै संसदमार्फत् सरकारको ध्यानाकर्षण गराए ।
यस्तै, स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि युवा तथा खेलकुद मन्त्रालयले खेलकुदको नाममा बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाए ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा प्रदेश नम्बर–२ मा अझै पनि निर्वाचनको माहोल बन्न नसकेको भन्दै तत्काल वातावरण बनाउन उनीहरुले आग्रह गरे ।
यसरी धारणा राख्ने सांसदहरुमा तेजुलाल चौधरी, धना पहरी, पुरुषोत्तम पौडेल, प्रतीक्षा तिवारी मुखियालगायत थिए ।
त्यसअघि, मधेसकेन्द्रित दल सम्बद्ध सांसदहरुले शुक्रबार पनि व्यवस्थापिका–संसदको बैठक बहिस्कार गरेका छन् । रासस





प्रतिक्रिया दिनुहोस्