फाइल फोटो
पुनले स्थानीय तहको निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने सहमति भएपनि बजेट घोषणा गरेरमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारबाट बाहिरिने बताए ।
शुक्रबार बुटवलमा प्रेस सेन्टर प्रदेश नम्बर–५ ले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पुनले ‘बजेट ल्याएर दाहालले सरकारको नेतृत्व छोड्नुहुनेछ’–भने ।
उनले राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको छलफलपछि बजेट बन्ने भएकाले मन्त्री माओवादीको या अन्य पार्टीका जाँदा ठूलो असर नपर्ने बताए ।
उनले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुनेमा कुनै शंका नगर्न आग्रह गर्दै निर्वाचनको तयारी करिब अन्तिम अवस्थामा पुगेको बताए ।
उनले भने–‘अब निर्वाचन सर्ने कुनै कारण छैन । मतपत्र छापिएको छ । म्यादी प्रहरीको भर्ना भएको छ । अब कसैले चाहेर पनि निर्वाचन रोकिँदैन ।’
मधेसवादी दलहरुका मागलाई समेटेर छिट्टै संविधान संशोधनको नयाँ प्रस्ताव दर्ता हुने उनको भनाइ छ ।
उनले भने–‘पुरानो प्रस्ताव फिर्ता हुन्छ । नयाँ दर्ताको तयारी तीन दलका शीर्ष नेताहरुबीच भएको छ ।’
उक्त प्रस्तावले मधेसवादी दलहरुको मागलाई सम्बोधान गर्ने र निर्वाचन सहजरुपमा हुने बताए ।
उनले स्थानीय तहको निर्वाचनमा उम्मेदारको छनोटको जिम्मा प्रदेशलाई प्रदान गरेको भन्दै माओवादीले तालमेल गरेर चुुनाव लड्ने बताए ।
स्थानीय तहमा तालमेल गर्दा कांग्रेस, एमाले अथवा अरु दलहरुसँग अवस्था हरेर तालमेल गर्ने प्रस्ट पारे । रासस





प्रतिक्रिया दिनुहोस्