विधेयक पारित भएपछि गठन हुने आयोगले विद्युत्को महसुल पुनःमूल्यांकन गर्नेछ ।
शुक्रबारको संसद बैठकमा विधेयक पेस गर्दै ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत् बचत होइन, अब खपतमा ध्यान दिनुपर्ने बताए ।
मन्त्री शर्माले कृषि, पर्यटन र अद्यौगिक क्षेत्रको विकास विद्युत्बाटमात्र सम्भव भएको पनि उल्लेख गरे ।
उनले जलविद्युत्को क्षेत्रमा लगानीमा समस्या नभएको पनि बताए ।
शुक्रबारकै बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख तत्काल नियुक्त गर्नुपर्ने, स्थानीय तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनुपर्नेलगायतका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका थिए ।









प्रतिक्रिया दिनुहोस्