Logo १३ कार्तिक २०८२, बिहिबार | Fri Oct 31 2025


पाँचथरमा यस्तो छ चुनावी सरगर्मी (भिडियो रिपोर्ट)


0
Shares

चुनाव नजिकिन थालेपछि राजधानी र जिल्लाकेन्द्रित नेताहरुसमेत गाउँगाउँमा पुगेर भोट माग्न थालेका छन् ।

स्थानीय तहको निर्वाचनमार्फत् जनप्रतिनिधि चुन्न स्थानीयबासिन्दा उत्साही छन् । पार्टीको घोषणापत्रभन्दा पनि गाउँको विकास गर्नसक्ने सक्षम नेतृत्व चयनमा उनीहरुको ध्यानकेन्द्रित हुन थालेको छ ।

चोकचोकमा गाउँको विकासमा कसले उल्लेख्य योगदान दिनसक्छ भन्नेमा बहस भइरहेकै छ ।

लामो समयसम्म निर्वाचन हुन नसक्दा विकास निर्माणले गति लिन नसकेको, भ्रष्टाचार मौलाएको भन्दै पाँचथरबासी स्थानीय तहमा जनप्रतिनिधि चुनिएसँगै विकास निर्माणले गति लिने, भ्रष्टचार न्यूनीकरण हुनेमा आशावादी छन् ।

पाँचथरमा १ नगरपालिका र ७ ओटा गाउँपालिका तय गरिएको छ । जसमध्ये फिदिम नगरपालिकामा १४ ओटा वडा र ७ ओटा गाउँपालिकामा ४६ ओटा वडा गरेर जम्मा ६० ओटा वडामा चुनाव हुँदैछ ।

गाउँसभा र नगरसभामा गरेर कुल ३१६ जनाको प्रतिनिधित्व रहने जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।

कार्यालयले अहिले जिल्लामा एक सयओटा मतदानस्थल तोकिसकेको छ भने सामाजिक परिचालकहरुलाई लक्षित गरेर मतदाता शिक्षा कार्यक्रमसमेत सन्चालन गरिरहेको जिल्ला निर्वाचन कार्यालय प्रमुख ध्रुवकुमार राईले जानकारी दिए । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।