Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


हेटौंडा र उदयपुर सिमेन्टको बिक्रीबाट प्रतिबोरा १.५ देखि २ रुपैयाँ विपन्न बालबालिकालाई


0
Shares

यसका लागि उद्योग मन्त्रालयले हेटौंडा र उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टको बिक्रीबाट प्राप्त रकममध्ये प्रतिबोरा १.५ रुपैयाँदेखि २ रुपैयाँकादरले हुन आउने रकम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत् खर्च गर्न प्रक्रिया अगाडि बढाएको हो ।

उद्योग मन्त्रालयले शुक्रबार मन्त्रालयमा गरेको यससम्बन्धी छलफल कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले हेटौंडा र उदयपुरबाट उत्पादित सिमेन्टमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम कार्यान्यवनका लागि प्रतिबोरा १.५ देखि २ रुपैयँ छुट्याउने व्यवस्था आगामी वैशाख ३ गतेबाट कार्यान्वयनमा आउने जानकारी दिएका हुन् ।

यसरी संकलन गरिएको रकम विपन्न वर्गका बालबालिकाहरुको स्वास्थ्य, शिक्षा र पोषणमा खर्च गरिने उद्योगमन्त्री जोशीले बताए ।

सरकारले हालै ल्याएको औद्योगिक व्यवसाय ऐन २०७३ को दफा ४८ मा मझौला वा ठूला उद्योग अथवा वार्षिक १५ करोड रुपैयाभन्दा बढी कारोबार गर्ने घरेलु तथा साना उद्योगले वार्षिक मुनाफाको कम्तीमा एक प्रतिशत रकम व्यावसायिक सामाजिक जिम्मेवारी गर्ने प्रयोजनमा खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ ।