२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


सिरियामाथि अझै आक्रमण गर्ने अमेरिकी चेतावनी, राष्ट्रसंघ चिन्तित


0
Shares

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अवस्था अरु बिग्रन नदिनेतर्फ सचेत रहन आग्रह गरेका हुन् । अमेरिकी आक्रमणलाई सिरियाले भने गैरजिम्मेवार र हतारमा उठाएको कदम भनेको छ ।

रासायनिक आक्रमणका लागि प्रयोग गरेको सैन्य अड्डालाई निशाना बनाउँदै अमेरिकाले शुक्रबार सिरियामाथि मिसाइल प्रहार गरेको थियो ।

सुरक्षा परिषदकै अध्यक्षता गरिरहेको अमेरिकाको राष्ट्रसंघका लागि राजदूत निकी हेलीले शुक्रवारको आक्रमण चेतावनीका लागि मात्र भएको र सिरियाले नचेते अझै अरु कार्वाही गर्न पनि अमेरिका तयार रहेको चेतावनी दिए ।

हेलीले त्यहाँसम्म पुग्न नपरोस् भन्ने चाहना अमेरिकाको रहेका पनि बताए । अमेरिकी आक्रमणमा परेर ६ जना मारिएको खबर पनि छ ।

siriyaa

अमेरिकी आक्रमणको ब्रिटेन, फ्रान्स, टर्की, आउदी अरबसहित अमेरिकी मित्रहरुले समर्थन गरेका छन् । रुस, इरान जस्ता मुलुकले भने आक्रमणको निन्दा गरेका छन् ।

आफ्नै नागरिकविरुद्ध रासायनिक हतियार प्रयोग गरी आमहत्या गरेको भन्दै सिरियाली शासक बशर अल असदविरुद्ध क्रूद्ध बनेको अमेरिकाले सिरियाली हवाई अखडालाई निशाना बनाई ५९ वटा टामहाक क्रूज मिसाइल प्रहार गरेको थियो ।

राष्ट्रपति असदको शासनविरुद्ध ६ वर्षदेखि लगातार भइरहेको गृहयुद्धमा झण्डै तीन लाख मानिस मारिइसकेका छन् भने लाखौंलाख सर्वसाधारण सिरियाबाट पलायन भएका छन् । (एजेन्सी)