
शुक्रबार राती भएको खेलमा कोलकाताले गुजरात लायन्सलाई १० विकेटले पराजित गर्यो ।
खेलमा पहिले व्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन बनायो । गुजरातका लागि सुरेश रैनाले अविजित ६८ रन जोड्दा दिनेश कार्तीकले ४७ रनको योगदान दिए ।
जवाफमा १ सय ८४ रनको लक्ष्य कोलकाताले १४ ओभर ५ बलमा बिना कुनै विकेटको नोक्सानी पुरा गर्यो ।
कोलकातालाई जिताउन सुरुवाती व्याट्सम्यानहरु क्रिश लिनले अविजित ९३ रन तथा गौतम गम्भिरले अविजित ७६ रन जोडे । ४१ बलमा ९३ रन जोडेका लिनले ६ चौका र ८ छक्का प्रहार गरेका थिए ।
आइपीएल क्रिकेटमा आज दुई खेल हुनेछन् । आजको पहिलो खेलमा किङ्स ईलेभेन पञ्जाव र राईजीङ पुने सुपरजाईन्ट्स भिड्दा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली डेयरडेभिल्स भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्