२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


फिलिपिन्समा ५.९ म्याग्निच्यूडको भूकम्प


0
Shares

भूकम्पको केन्द्रबिन्दू मिन्डोरो प्रान्तमा ४२ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको छ ।

भूकम्पको धक्का राजधानी मनिलासहित वातांगस, मिन्डोरो र कालापानका अधिकांश इलाकामा महसुस गरिएको थियो ।

भूकम्पका कारण कुनै मानवीय वा भौतिक संरचनाको क्षति भएको खबर प्राप्त भएको छैन ।

तर, लुजोन टापुमा भूकम्पपछि विद्युत् प्रसारणमा अवरुद्धता आएको बताइएको छ । रासस/सिन्ह्वा