Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


आर्मीलाई हराउँदै झापाले जित्यो माइभ्याली गोल्डकप


0
Shares

इलामको ठूलो टुँडिखेलमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ‘टाइब्रेकर’मा ४–३ ले हराउँदै झापाले उपाधि जितेको हो ।

निर्धारित् ९० मिनेटको खेल र अतिरिक्त समयमासमेत गोल हुन नसकेपछि खेल टाइब्रेकरमै निर्णायक भएको हो ।

गोलकिपर किशोर गिरीले दुईओटा पेनाल्टी प्रहार रोक्दै झापालाई उपाधि दिलाएका हुन् ।

सेमिफाइनलमा झापाले सशस्त्र प्रहरीलाई र आर्मीले नेपाल पुलिस क्लबलाई हराएका थिए ।

उपाधिसँगै झापाले चार लाख तथा उपविजेता आर्मीले दुई लाख रुपैयाँ पुरस्कार जितेको छन् ।